न्युजिल्यान्ड लाई हराउँदै शीर्षस्थानमा उक्लियो इजिप्ट

इजिप्ट फिफा विश्वकपमा समूह ‘जी’को शीर्षस्थानमा उक्लिएको छ ।
नेपाली समयअनुसार सोमबार बिहान भएको खेलमा न्युजिल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गरी इजिप्ट समूहको शीर्षस्थानमा उक्लिएको हो ।
पहिलो हाफमा एक गोल खाएको इजिप्टले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो ।
इजिप्टका लागि ५८औँ मिनेटमा मोस्ताफा जिकोले, ६७औँ मिनेटमा मोहमद सलाहले र ८२औँ मिनेटमा ट्रेजेगुएट गोल गरे । यो जितपछि इजिप्टको नकाउट चरण प्रवेश निश्चित जस्तै बनेको छ ।

