बराबरीमा टुंगियो क्युरासाओ र इक्वेडरबीचको खेल

काठमाडौं । फिफा विश्वकपमा समूह चरणको दोस्रो खेलमा क्युरासाओ र इक्वेडरबीच बराबरी भएको छ । उनीहरूबीचको खेल गोलरहित बराबरीमा टुंगिएको हो ।
यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए । क्युरासाओ जर्मनीसँग ७-१ ले पराजित भएको थियो भने इक्वेडर आइभरीकोस्टसँग १-० ले पराजित भएको थियो । नतिजा बराबरी भएसँगै दुवै टोलीले १-१ अंक जोडेका छन् ।

