काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी तथा राजावादी अभियान्ता दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । दुर्गा प्रसाईं पक्राउ दुर्गा प्रसाईं पक्राउ पर्साको वीरगन्जबाट उनलाई जरुरी पक्राउ पुर्जी दिएर केहिबेर अघि पक्राउ गरेको हो। ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक रहेका प्रसाईं आफ्नो अभियानको कार्यक्रमका लागि वीरगन्ज पुगेका हुन्। कार्यक्रम भोलिलाई तय छ। यसअघि पनि उनले पटक पटक पर्सामा कार्यक्रम गर्न खोजेका थिए। तर प्रहरी प्रशासनले उनलाई पक्राउ गरेर कार्यक्रम रोक्दै आएको छ। उनले कार्यक्रम गर्न अनुमति पनि पाएका छैनन्। उनका अनुसार केही विषयमा सोधपुछ गर्न प्रसाईंलाई पक्राउ गरिएको हो। के विषयमा सोधपुछ गर्न लागिएको हो भन्ने बारे उनले खुलाउन चाहेनन्। नागरिक बचाउ अभियानका संयोजक समेत रहेका प्रसाईंलाई प्रहरीले जरूरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिएको हो। उनी गहवामाई मन्दिरमा दर्शन गर्ने लगायत कार्यक्रमका लागि वीरगन्ज पुगेका हुन्। उनलाई प्रहरीले पक्राउ गरेपछि समर्थकहरूले सरकारको विरोधमा नाराबाजी गरेका थिए।