एभरेस्ट स्कुलले विज्ञान तथा प्रविधि सम्बन्धी विशेष कारखाना प्रदर्शनी सम्पन्न

विज्ञान पढेर होइन, गरेर सिकिन्छ भन्ने अभियानलाई जीवन्त बनाउँदै एभरेस्ट स्कुलले विज्ञान तथा प्रविधि सम्बन्धी विशेष कारखाना प्रदर्शनी सम्पन्न गरेको छ।
प्रदर्शनीमा कक्षा ४ र ५ का विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक मोडेलहरू र दैनिक जीवनसँग सम्बन्धित यन्त्रहरू प्रस्तुत गरे। सौर्य प्रणालीका मोडेल, सौर्य ऊर्जाबाट चल्ने उपकरण र विभिन्न सरल यन्त्रहरू प्रदर्शनीका मुख्य आकर्षण थिए।
अभिभावकहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझ सार्थक र उत्साहपूर्ण बनायो। उनीहरूले विद्यार्थीहरूको सिर्जनशीलता र ज्ञानको प्रशंसा गर्दै उत्सुकतापूक जिज्ञासा राखेका थिए। यसबाट स्पष्ट हुन्छ कि विद्यार्थीहरूलाई आफ्ना अभिभावक तथा अतिथिहरू सामु आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसरले आत्मविश्वास र अभिव्यक्तिको क्षमता विकासमा ठूलो योगदान पुर्याउँछ।
कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विज्ञान र अनुसन्धान विना राष्ट्रको विकास असम्भव भएको बताउनुभयो।वहाँले यस प्रकारका प्रदर्शनीहरूले विद्यार्थीहरूमा विज्ञानप्रतिको रुचि बढाउने र भविष्यका वैज्ञानिकहरू तयार गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त प्रदर्शनीमा ४० वटा सामाग्रीहरू प्रदषित थिए। त्यस प्रदर्शनीको लागि कक्षा ४ र ५ का सम्पूर्ण शिक्षकहरु तथा विज्ञान शिक्षकको महत्वपूर्ण योगदान रह्यो।

