जितकाे भाेकसहित विश्वकप छनोटमा कुवेतविरुद्ध आज खेल्दै नेपाल

काठमाडाैं । सन् २०२६ मा हुने टी-२० विश्वकपका लागि छनोटका लागि नेपालले खेल सुरू गर्न लागेकाे छ। ओमानमा बुधवारदेखि सुरु हुन लागेको छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले कुवेतसँग आफ्नो पहिलो खेल खेल्ने छ। गत वर्ष संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न विश्वकपमा नेपाली खेलाडीहरूले गरेको प्रभावशाली प्रदर्शन र त्यसमा नेपाली समर्थकहरूले दिएको साथले विश्वव्यापी चर्चा पाएको थियो। नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय क्रिकेट मञ्चमा देखाउँदै आएको प्रतिभा र हात पारेको परिणामका आधारमा नेपालले विश्वकपमा सहभागी हुने अवसर पाउने ठानिएको छ। विश्वकपमा २० राष्ट्र सहभागी हुने छन्। केही साताअघि नेपाल टेस्ट क्रिकेट खेल्ने टोली टेस्ट इन्डिजसँगको भएको तीन खेलको शृङ्खलामा २-१ले विजञि भएको थियो। नेपाली टोलीको यसपालिको लक्ष्य फेरि २० ओभरको विश्वकप खेल्नु हो। ओमानमा हुने विश्वकपको एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोटमा नौ टोलीबीच प्रतिस्पर्धा हुने छ। समूह ‘ए’ मा मलेशिया, कतार र युएई छन् भने समूह ‘बी’ मा नेपाल, कुवेत र जापान अनि समूह ‘सी’ मा ओमान, सामोआ र पपुवा न्यूगिनी छन्। प्रत्येक समूहबाट दुई-दुईवटा टोली अघिल्लो चरणमा पुग्ने छन्। ‘सूपर सिक्स’मा भने समूह चरणमा खेलिसकेका टोलीहरूबीच फेरि प्रतिस्पर्धा हुँदैन। त्यहाँ ‘सूपर सिक्स’बाट शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपका लागि छानिने छन्। छनोट खेलमा सहभागी हुन ओमान जानुअघि नेपाली टोलीका कप्तान रोहित पौडेलले आफ्नो टोलीको आत्मविश्वास व्यक्त गर्दै भनेका थिए, “विगतमा जस्तो हामी विश्वकप खेल्न १० वर्ष लगाउँदैनौँ। हाम्रो लक्ष्य विश्वकपमा लगातार छनोट हुनु हो।” गत चैत्रमा हङ्कङमा सम्पन्न चारदेशीय टी-२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग तीन रनले पराजित हुन पुगेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले यसपालि छनोट शैली परिवर्तन गर्दै पूर्वी एशिया र एशियालाई एउटै छनोट प्रतियोगितामा राखेको छ। विगतमा पूर्वी एशियाली टोलीहरू यो छनोटमा सहभागी हुन्नथे भने एशियाबाट दुइटा टोली विश्वकप खेल्न छानिन्थे। अहिले पूर्वी एशिया र एशियाका टोलीलाई एकै ठाउँमा मिसाएर नौ टोलीबीच प्रतिस्पर्धा गराइएको छ। अब तीन टोली विश्वकपका लागि छनोट हुने छन्। यसबाट नेपाललाई फाइदा पुग्ने देखिन्छ। किनकि विगतमा सेमिफाइनलभन्दा माथि बढ्न नपाउने अवस्था उत्पन्न हुँदा टोलीले एशिया छनोटबाट बाहिरिनुपर्ने हुन्थ्यो। सन् २०२२ को छनोट प्रतियोगितामा सेमिफाइनलमा यूएईसँग पराजित भएर नेपालले विश्वकपमा पुग्ने अवसर गुमाएको थियो। सन् २०२४ को विश्वकपको छनोटमा यूएईल पनि मूलपानीको मैदानमा त्यस्तै अवस्था भोग्नुपरेको थियो। नेपालले ओमानको मैदानमा आयोजित दुई अभ्यास खेलमा ओमान र कतारलाई सहजै पराजित गर्न सक्यो। त्यसअघि यूएईमा वेस्ट इन्डिजसँग खेलेको पहिलो द्विपक्षीय टी-२० शृङ्खला जित्न सफल भयो। त्यो जितले टोलीका सदस्यहरूको आत्मबल ह्वात्तै बढाइएदिएको छ।

