अफर नै अफरसँग टाटा मोटर्सको ‘प्रि–फेस्टिभ फियस्टा’ सुरु

काठमाडौं, १८ भदौ – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै ‘प्रि–फेस्टिभ फियस्टा’ विशेष कार्यक्रम सुरु गरेको छ। दुई दिनसम्म (भाद्र २० र २१ / सेप्टेम्बर ५ र ६) सञ्चालन हुने यस कार्यक्रममा टाटाका इलेक्ट्रिक तथा आईसिई (ICE) मोडलका गाडीहरूको संयुक्त प्रदर्शनी हुने भएको छ।
ग्राहकहरूले प्रदर्शनीमा टियागो.ईभी, पञ्च.ईभी, नेक्सन के३.ईभी, कर्भ.ईभी लगायत लोकप्रिय इलेक्ट्रिक गाडी र टियागो, पञ्च, नेक्सन, टाटा सफारी जस्ता आईसिई मोडल अवलोकन गर्नसक्नेछन्। सोही अवसरमा टेस्ट ड्राइभमा सहभागी भई विशेष अफरसहित गाडी बुकिङ गर्ने सुविधा पनि उपलब्ध हुनेछ।
यस फियस्टामा टाटा मोटर्सले ग्राहकलाई दिने प्रमुख सुविधाहरूमा—
लाइफटाइम फ्री डीसी फास्ट चार्जिङ
आकर्षक छुट
उत्कृष्ट एक्सचेन्ज मूल्यांकन
निःशुल्क इम्बोस्ड नम्बर प्लेट
फ्री कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स
फ्री एसोसोरिज
एक वर्षको निःशुल्क वार्षिक सवारी कर
फ्री होम चार्जिङ इंस्टलेसन
समावेश गरिएको छ।
कार्यक्रम टाटा मोटर्सका नेपालभर रहेका शो–रुमहरूमा भइरहेको छ। कम्पनीका अनुसार, यस ‘प्रि–फेस्टिभ फियस्टा’ को उद्देश्य केवल आर्थिक सुविधा प्रदान गर्नु मात्र नभई ग्राहकलाई चाडपर्वको खुशी र उत्साहसँग जोड्ने सुनौलो अवसर उपलब्ध गराउनु हो।

