अमरेशकुमार सिंहले किन गरे रास्वपा महाधिवेशन बहिष्कार ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद चर्चित नेता अमरेश कुमार सिंहले साे पार्टीकाे महाधिवेशनको बहिष्कार गरेका छन् । रास्वपाकाे पहिलो महाधिवेश चितवनमा हजारौं कार्यकर्ता र समर्थकहरूको उपस्थित भइरहेका बेला रास्वपाबाट निर्वाचित सांसद सिंह भने महाधिवेशनमा गएनन् । कार्यक्रममा पार्टीका प्रायः सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्यदेखि सांसदसम्म उपस्थित छन्। महाधिवेशन प्रतिनिधि नभएकाहरू पनि उद्घाटन समारोहमा उपस्थित भएर प्रधानमन्त्री बालेन, सभापति रवि र अन्य दलका प्रतिनिधिहरूलाई सुने। तर सर्लाही-४ मा कांग्रेस सभापति गगन थापालाई हराएका सांसद अमरेशकुमार सिंह पार्टीको महाधिवेशनको उद्घाटनमा पुगेनन्। सिंह महाधिवेशनमै सहभागी नभएको उनका स्वकीय रञ्जित झाले टेलिफाेनमा जानकारी दिए। उनका अनुसार सांसद सिंह काठमाडौंमै छन्। सिंह रास्वपा र सरकारका कामप्रति पछिल्लाे चरणमा सार्वजनिक रुपमा आलाेचना गरिरहेका छन् । संसदकाे बैठकमा पनि उनले सुकुम्बासी हटाउने मधेशकाे सीमाका नागरिकले एक सय भन्दा धेरैकाे सामान ल्याउँदा कर लगाउने सरकारी कदमकाे बिराेध गरेका थिए ।

