काठमाडाैं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ । दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा संसदीय दलको बैठक बस्नेछ । त्यस्तै साँझ ओली निवास गुण्डुमा सचिवालय बैठक बस्नेछ । बैठकमा सममसामयिक राजनीतिक घटनाक्रमसँगै उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । विभिन्न केसमा नेताहरू फस्ने भएकोले एमालेले आगामी दिनमा कसरी बढ्ने भन्ने समीक्षा गर्न खोजेको बुझिएको छ। यसैगरी एमालेका मन्त्री भएका सबै नेताहरूको सम्पत्ति शुद्धिकरण गर्ने नाममा सरकारले दुःख दिएकोले अब आफूहरू चुप लागेर नबस्ने नेताहरुले बताउन थालेका छन्। यता सरकारले भने धेरैपटक सरकारमा गएर मन्त्री भएकाहरूको सम्पत्ति जाँचबुझ गर्ने देखिएको छ।