काठमाडौं, भदौ १८ — एन आई सी एशिया बैंकका ग्राहकले अब नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुटसहित सेवा लिन सक्ने भएका छन्।

बैंक र होटलबीच सम्पन्न सम्झौताअनुसार, बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्ने क्रममा छुट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरी भुक्तानी गर्ने ग्राहकलाई यो सुविधा लागू हुने बैंकले जनाएको छ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता अर्जुन राज खनियाका अनुसार यस सहकार्यले ग्राहकलाई सुविधा दिलाउनुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास लिइएको छ।