काठमाडौं, भदौ १८ — प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित Euromoney Excellence Award 2025 प्राप्त गरेको छ। बैंकले यस वर्षको “Best Digital Bank for SMEs in Nepal” उपाधि जित्दै डिजिटल सेवा प्रवर्द्धनमा आफ्नो अग्रणी भूमिका प्रमाणित गरेको हो।

बैंकले साना तथा मझौला उद्यमी (SMEs) का लागि सहज र प्रभावकारी डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ। यही योगदानको मूल्यांकन गर्दै अन्तर्राष्ट्रिय स्तरमा वित्तीय क्षेत्रको मूल्याङ्कन गर्ने संस्था Euromoney ले प्रभु बैंकलाई उत्कृष्ट SME डिजिटल बैंकको रुपमा सम्मानित गरेको हो।

यसअघि पनि प्रभु बैंकले “Bank of the Year 2021” लगायत विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारहरु प्राप्त गरिसकेको छ। निरन्तर डिजिटल प्रविधि विकासमा जोड दिँदै आएको बैंकले SMEs लाई वित्तीय पहुँच विस्तार र व्यवसाय सञ्चालनमा सरलता पुर्‍याउने लक्ष्य राखेको जनाएको छ।