एजेन्सी । जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सवमा बेइजिङमा विशाल सैन्य परेड आयोजना गरिएको छ । परेडमा नेपालका प्रधानमन्त्री केपी अेालीलगायत विश्वका शक्तिशाली देशका प्रमुखहरू सहभागि भए । दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले आत्मसमर्पण गरेको ८०औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशाल सैन्य परेडले विश्वको ध्यान तानेको छ । सैन्य परेड समारोहलाई सम्बोधन गर्दै चीनका राष्ट्रपति सी चिनफिङले चीन कहिल्यै कुनै पनि धम्कीसँग नडराएको र नडराउने बताएका छन्। ‘इतिहासले हामीलाई चेतावनी दिन्छ, ममानवता सँगै उठ्छ र पतन हुन्छ। चीन कहिल्यै पनि कुनै पनि धम्की दिने व्यक्तिसँग डराएको छैन र सधैँ अगाडि बढेको छ’ सीले भने । समारोहमा ओलीसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि उत्तर कोरियाली शासक किम जोङ उन लगायत विभिन्न २६ विदेशी राष्ट्र तथा सरकार प्रमुखहरूले स्मृति समारोहमा भाग लिएका छन्। तस्वीरहरु : चिनियाँ संचारमाध्यम