निडल क्यापिटलले पहिलो इम्प्याक्ट फण्ड घोषणा

काठमाडौं, भदौ १५, २०८२
निडल क्यापिटल एडभाइजरी प्रा.लि.ले आफ्नो पहिलो इम्प्याक्ट फण्ड (Laxmi Sustainable Energy Fund–LSEF) सार्वजनिक गरेको छ। सो फण्डको सुरुवात एक अर्ब रुपैयाँको लगानीबाट गरिएको कम्पनीले जानकारी दिएको छ।
यो फण्ड निडल क्यापिटल एडभाइजरीद्वारा प्रवर्धित पहिलो इक्विटी इम्प्याक्ट फण्ड हो। यसले विशेषगरी नवीकरणीय ऊर्जा, कृषि, प्रविधि, शिक्षा र अन्य क्षेत्रहरूमा लगानी गर्दै नेपालको दिगो आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्य लिएको कम्पनीले जनाएको छ।
निडल क्यापिटलका अनुसार, फण्डको उद्देश्य लगानीकर्तालाई दीर्घकालीन प्रतिफल दिनुका साथै सामाजिक तथा वातावरणीय प्रभाव समेत सुनिश्चित गर्नु हो।
यसबाहेक, निडल क्यापिटल एडभाइजरी प्रा.लि. Operating Principles for Impact Management मा समेत हस्ताक्षर गरेको छ, जसअन्तर्गत पारदर्शिता, जवाफदेहिता र दिगोपनामा आधारित लगानीलाई प्राथमिकता दिइनेछ।

