काठमाडौंको भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोमा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि अवलोकनका लागि पुगेका छन्। 

उनी व्यवसायी विष्णुकुमार अग्रवालसँग सवारीसाधन प्रदर्शनी अवलोकन गर्न पुगेका हुन्।

सो क्रममा उनी दिपलको उड्ने कार चढेका थिए। उड्ने कार अवलोकनपछि उनी विभिन्न कम्पनीहरुले प्रदर्शनमा राखेका कारहरु हेर्न पुगेका थिए भने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्ष करण चौधरीलगायतसँग सानो छलफलमा समेत सहभागी भए।

नाडाको आयोजनामा ८ गतेसम्म चल्ने शोका लागि दिपलले मानवीकृत रोबोटसँगै उड्ने कार पनि प्रदर्शनीमा राखेको हो।

यसपटक यही उड्ने कार शो अवलोकनार्थ जानेहरुका लागि विशेष आकर्षण बनेको छ।

शो उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उड्ने कारमा विशेष चासो देखाएका थिए भने यसलाई हेर्न अवलोकनकर्ताको घुइँचो लाग्दै आएको छ।