स्पेनिस क्लब रियल म्याड्रिडका पूर्वखेलाडी कार्लोस मंगलबार बिहान नेपाल आइपुगेका छन्। उनीसहितको ब्राजिलियन टोलीले सन् २००२ मा विश्वकपको उपाधि जितेको थियो।कार्लोस नेपाल सुपर लिग (एनएसएल) को फाइनलअघि काठमाडौँ आइपुगेका हुन्।

रियल म्याड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्वखेलाडी समेत रहिसकेका कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसित डिफेन्डरमध्ये एक हुन्।