कुमारी बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा सोमबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा अन्य वित्तीय विवरणहरू प्रस्तुत गरिएका थिए। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरियो।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको कुमारी बैंकले हाल देशभर ३०२ शाखा, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

बैंकले आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रवाहका लागि विभिन्न सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।