टी-२० श्रृङ्खला: दुई खेल हारेको नेपाल आज नेदरल्याण्ड्ससँग भिड्दै

काठमाडौं । त्रिकोणात्मक महिला टी-२० अन्तराष्ट्रिय श्रृङ्खलामा नेपालले आइतबार आफ्नो तेस्रो खेलमा नेदरल्याण्ड्ससँग खेल्दैछ। खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । घरेलु टोली नेपालले यसअघि लगातार दोस्रो हार ब्यहोरेको छ। शनिबारको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो। यसअघि भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । श्रृङ्खलामा नेपाल थाइल्याण्ड र नेदरल्याण्ड्स छन्।

