काठमाडौं । हङकङमा जारी २०औँ हङकङ सिक्सेस प्रतियोगितामा नेपाल तेस्रो खेलमा पराजित भएको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो ।  श्रीलंकाले पूरा ओभर खेल्दा २ विकेट गुमाएर नेपाललाई १२४ रनको कठिन रक्ष दिएको थियो । नेपालका लागि प्रतिस जिसी र नारायण जोशीले एक एक विकेट लिएका थिए ।   श्रीलंकाका सन्दुन विराकोडीले १४ बलमा ४ चौका र ५ छक्काको सहयोगमा नट आउट ५० रन बनाए । विराकोडी रिटार्यड आउट भएपछि क्रिजमा आएका लाहिरु समराकोनले ५ बलमा १ चौका र ३ छक्काको सहयोगमा २२ रन बनाए । कप्तान लाहिरुले ८ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३१ रन बनाए । थानुका डबारीले ९ बलमा ३ चौकाको सहयोगमा १८ रन जोडे । नेपालका लागि अघिल्ला दुई खेलमा चम्किएका कप्तान सन्दीप जोरा आज शुन्य रनमा आउट भए ।  ओपनर लोकेश बम पनि ३ बलमा एक छक्का हानेर आउट भए । अविजित रासिद खानले १८ बलमा ५५ रन हाने । नारायण जोशीले १३ रन हान्दा प्रतिश जिसी ० रनमा आउट भएका थिए ।  श्रीलंकाका लाहिरु समराकोनले २ तथा धनन्जय लक्षन र लाहिरु मधुशंकाले समान १ विकेट लिए । नेपालका लागि प्रतिश जिसी र नारायण जोशीले समान १ विकेट लिए । विजेता श्रीलंकाले फाइनल प्रवेशका लागि बंगलादेश र युएईबीचको विजेतासँग खेल्नेछ । नेपालले बंगालादेश र युएईबीच पराजित हुने टोलीसँग प्लेट सेमिफाइनल खेल्नेछ । शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको हो। कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको सानदार बलिङमा नेपालले अस्ट्रेलियाविरुद्ध सानदार विजय प्राप्त गरेको थियो। नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ६ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो।   यसअघि नेपालले शुक्रबार इंग्ल्यान्डलाई ६ विकेटले हराएको थियो। नेपाल पुल -बी-बाट क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ।   प्रतियोगितामा नेपाल समूह बीमा अस्ट्रेलिया र इङ्ग्ल्याण्डसँग रहेको छन् । प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको छ । सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह बी मा नेपाल, इङ्ग्ल्याण्ड र अस्ट्रेलिया रहेका छन् ।  समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह डी मा श्रीलंका, बंगलादेश र ओमान छन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो ।  प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् ।  सिक्सेस क्रिकेटका नियमहरुः १० एक टिमबाट प्रत्येक खेलमा ६ खेलाडीले सहभागीता जनाउनेछन् ।  २० फिल्डिङ टोलीका विकेटकिपर बाहेकका हरेक सदस्यले एक ओभर बलिङ गर्ने छन् ।  ३० प्रत्येक वाइड र नो(बलमा टिमले समान २ रन दिइने छ ।  ४० ६ विकेट झरेपछि एक इनिङ समाप्त हुनेछ ।  ५० एउटा ब्याट्सम्यानले नट आउट ३१ रन बनाए पछि रिटार्यट आउट लिन सक्नेछ ।  तल्लो क्रमका ब्याट्सम्यानले रिटायर्ट वा आउट भएपछि उसले फेरी क्रिजमा फर्किन सक्छन् ।