भुटानविरुद्ध ७ गोल हान्दै बंगलादेश साफ महिला फुटबलको फाइनलमा
काठमाडौं । भुटानलाई फराकिलाे अन्तरले हराउँदै साविक विजेता बंगलादेश लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानमाथि ७–१ को फराकिलो जित दर्ता गर्दै तेस्रो पटक फाइनलमा पुगेको हो। भुटानले नेपालविरूद्द बराबरी खेलेकाे थियाे भने बंगलादेश भारतलाइ हराएर समूह विजेता बनेकाे थियाे । बंगलादेशले अब उपाधिका लागि बुधबार दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा आजै साँझ घरेलु टोली नेपाल र भारत भिड्दैछन्। दोस्रो सेमिफाइनल साँझ ६:३० बजे नेपाल र भारतबीच हुनेछ । बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन्। कप्तान सविना खातुनले दुई तथा रितु पुर्णा चक्मा, सिलेजेमले समान एक गोल गरे। खेलको ५८ औँ मिनेटमा तोहुरा खातुनले ह्याट्रिक पूरा गर्दा टोलीका लागि छैटौँ गोल गरेकी थिइन्। खेलको ७२ औँ मिनेटमा सन्जिदा अख्तरको कर्नरमा सिलेजेमको गोलमा बंगालदेशले ७–० को अग्रता बनायो। त्यसअघि पहिलो हाफको सातौँ मिनेटमा रितु पुर्णा चक्माले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भयो। खेलको १५ औँ मिनेटमा तोहुरा खातुनको गोलमा बंगलादेशले अग्रता दोब्बर पार्यो। डीबक्स एरिका नजिक उनले भुटानका दुई डिफेन्डरलाई छक्याउँदै सुन्दर गोल गरिन्। खेलको २६ औँ मिनेटमा सविना खातुनको गोलमा बंगालदेशले ३–० को अग्रता बनायो। डिबक्स भित्रबाट मोनिका चक्माको पासमा सविनाले बललाई पोष्टको जाली चुमाइन्। खेलको ३५ औँ मिनेटमा तोहुरा खातुनको गोलमा बंगालदेशले ४–० को अग्रता बनायो। खेलको ३७ औँ मिनेटमा कप्तान सविनाको गोलमा बंगलादेशले पहिलो हाफमा नै ५–० को फराकिलो अग्रता बनाएको छ। खेलको ४१ औँ मिनेटमा डेकी लाजोमको गोलमा भुटानले खेललाई ५–१ को अवस्थामा ल्यायो। दोस्रो हाफको ५८ औं मिनेटमा तोहुराले ह्याट्रिक पूरा गरिन् । भुटानले केही सकारात्मक मुभ बनाएपनि काउन्टरमा बंगलादेशले गोल गर्दै ६-१ को अग्रता लियो । ७२ औं मिनेटमा बंगलादेशले सातौं गोल थप्यो । सन्जिदा अख्तरको कर्नरमा शिउली अजिमले हेडरमार्फत गोल गरिन् ।