ला लिगाः रियललाई धक्का, चलेन एम्बाप्पेको जादु
काठमाडौं । स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिड अर्को खेल बराबरी गरेको छ । तुलनात्मक रुपमा कमजोर मानिएको लास माल्मास विरुद्धको खेलमा रियलले एक–एक गोलको बराबरी खेलेको हो । खेलका शुरुवाती ५औं मिनेटबाटै गोल खाएर पछि परेको रियलले दोस्रो हाफको ५९औं मिनेटमा पेनाल्टी पाएर हारबाट जोगियो । पेनाल्टीमा भिनिसियस जुनिएर चुकेनन् र खेल १–१ गोलको बराबरीमा पुग्यो । रियलमा यसै सिजन भित्रिएका फ्रान्सेली स्टार केलियन एम्बाप्पे लगायत स्टार खेलाडीहरु चुकेनन् । प्रारम्भिक तीन खेल सकिँदा साविक विजेता रियल पाचौं स्थानमा पुगेको छ ।