बेइजिङको चेतावनीलाई बेवास्ता गर्दै मन्त्री ग्रेग ताइपेइ पुगेका छन् । यसअघि अमेरिकी सभामुख न्यान्सी पेलोसीले पनि चीनको बिरोध हुँदाहुँदै एक रातको निम्ति ताइवानको भ्रमण गरेकी थिइन् ।

बेलायतले चीनको सार्वभौमसत्तालाई सम्मान गर्न, एक चीन नीतिलाई समर्थन गर्न आग्रह गर्दै ताइवानसँग कुनै पनि किसिमको आधिकारिक सम्पर्क कायम नगर्न आग्रह गर्दै आएको छ ।

तर बेलायत सरकारले मन्त्री ग्रेग दुईदिने भ्रमणको क्रममा ताइवान पुगेको र त्यहाँका राष्ट्रपति साई इङ–वेनसँग भेटवार्ता गरेको जनाएको छ । बेलायतले ताइवानसँगको २५औँ वार्षिक व्यापार वार्ताको निम्ति उनलाई ताइपेई पठाएको स्पष्टिकरण दिएको छ । ताइवानको हालसम्म विश्वका १४ वटा राष्ट्रसँग मात्र दौत्य सम्बन्ध छ । ताइवान संयुक्त राष्ट्र संघको सदस्य पनि छैन ।

अमेरिकी सञ्चार संस्था एपीका अनुसार सभामुख पेलोसीको केही महिनाअघिको ताइवान भ्रमणपछि चीन र अमेरिकाबीचबो विवाद सर्वाधिक उचाईमा पुगेको थियो । त्यसपछि केही समयसम्म ताइवान वरिपरिको क्षेत्रमा तनाव उत्पन्न भएको र चीनले आफ्नो सैन्य शक्ति प्रस्तुत गरेको बताइन्छ ।