काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । बिबिसी हिन्दीले खानमाथि गोली प्रहार भएको समाचार लेखेको छ । उनको खुट्टामा गोली लागेको छ । खानलाई गोली लागेको कुरा पाकिस्तान तहरीक–ए–इंसाफ़का महासचिव असद उमरले जनाएअनुसार गोलाबारीको घट्नामा खानको खुट्टामा गोली लागेको छ । अहिले उनलाई उपचारको लागि लाहोर लगिएको छ । उनले अदालतको आदेशको विरुद्ध देसैभरी आमसभा गरेको र विपक्षी दलहरू लाई चिड्याउने काम गरेकोले गोलि हानिएको बुझिएको छ।