नेपाली अमेरिकन मतदाताको रोजाई: आप्रवासीको हित र आर्थिक सुधारलाई प्राथमिकता दिने उम्मेदबार

अमेरिकामा नोभेम्बर ८ मा हुने चुनावमा लागि नेपाली अमेरिकन मतदाताहरु पनि उत्साहित रहेका छन् । मताधिकार अधिकारमात्र नभएर कर्तब्य समेत भएको बुझेका कतिपय मतदाताहरु अग्रिम मतदानमा सहभागी भइसकेका छन् भने कतिपयले नोभेम्बर ८ कै प्रतिक्षा गरिरहेका छन् । न्युयोर्कमा रहेका नेपाली अमेरिकन मतदाताहरु आप्रवासीहरुको हितलाई ध्यान दिने उम्मेदबारहरु आफ्नो रोजाईका उम्मेदबारहरु भएको बताउँछन् । अल्पसंख्यक समुदायको हितमा काम गर्ने, आप्रवासीहरुको हितमा काम गर्ने र आर्थिक सुधारका कार्यक्रमहरु रहेका उम्मेदबारहरु आफ्नो रोजाईमा पर्ने मतदाताहरुको भनाई छ । न्युयोर्कको ज्याक्सनहाइटमा रहेको अग्रिम मतदानस्थल । फोटो: खसोखास न्युयोर्कको वेष्टचेष्टर स्कारडेल निवासी डाक्टर विनोद शाह भन्छन् – ‘आर्थिक अवस्थामा सुधारका साथै पेट्रोलियम पदार्थको मूल्यबृद्धिको वर्तमान अवस्थामा उर्जाको अवस्थामा सुधार ल्याउन सक्ने उम्मेदबारहरु मेरा रोजाइमा छन् । बेरोजरागारी समस्या समाधान र स्वास्थ्यको क्षेत्रमा सुधार गर्नसक्ने उम्मेदबारलाई मतदान गर्ने योजनामा छु ।’ अल्पसंख्यक र आप्रवासी समुदायकको हितमा काम गर्ने उम्मेदबारहरुलाई आफूले मतदान गर्ने उनले बताए । उनी भन्छन् – ‘सिमान्तकृत समुहका लागि विशेष व्यवस्था गर्ने खालको उम्मेदबारलाई मतदान गर्ने हो ।’ त्यस्तै न्युयोर्कको क्वीन्स निवासी कानून व्यवसायी तथा नेपाली अमेरिकन मतदाता बासु फुलाराको रोजाईमा पनि आर्थिक अवस्थामा सुधार ल्याउने एजेण्डा भएका उम्मेदबार छन् । उनी भन्छन् – ‘अमेरिकनलाई कुनै कष्टविना र आर्थिक मन्दिविना मुद्रास्फीतिको अवस्थालाई पार लगाउन नेतृत्वको खाँचो छ ।’ न्युयोर्कको ज्याक्सनहाइटमा रहेको अग्रिम मतदानस्थल । फोटो: खसोखास भविश्यमा अमेरिकी राजनीतिमा सकृय हुदै जाने योजना बनाएका फुलारा भन्छन् – ‘आप्रवासी समुदायको हितमा काम गर्नसक्ने उम्मेदबार नै नेपाली अमेरिकन मतदाताका रोजाईमा छन् ।’

