अमेरिकी पर्वतारोही हिलारी नेल्सनको मनास्लु हिमालमा निधन

अमेरिकी पर्वतारोही तथा हिमाली स्की खेलकी किर्तिमानी खेलाडी हिलारी नेल्सनको मनास्लु हिमालमा निधन भएको खबरले हामी मर्माहत भएका छौं। नेल्सनको शोकसन्तप्त मित्रहरू तथा परिवारजनमा हाम्रो हार्दिक समावेदना छ। वहाँको साहस र उदाहरणीय कार्यहरूले हामीलाई प्रेरित गरीरहने छ। भन्दै काठमाडौ स्थित अमेरिकी दूतावासले दुख व्यक्त गर्दै बिग्याप्ती निकालेको छ।

