चिनियाँ २१ वटा सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा उडे

चिनियाँ २१ वटा सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा उडेको ताइपेईका अधिकारीहरूले बताएका छन् । अमेरिकी सभाकी सभामुख न्यान्सी पेलोसी स्वायत्त टापुको विवादास्पद भ्रमण सुरु गरेपछि ताइवानको वायु रक्षा क्षेत्रमा चिनियाँ सैन्य विमान उडेको ताइवानका अधिकारीहरुले बताएका छन् ।
टापुको रक्षा मन्त्रालयले ट्वीटरमा जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ, ‘ओटा २१ ओटा चिनियाँ जनसेनका विमान ताइवानको दक्षिण पश्चिम एडीआईजेड २ अगस्टमा प्रवेश गरेका छन् ।’
न्यान्सी पेलोसी र ताइवानका राष्ट्रपतिबीच भेट
अमेरिकी कंग्रेसका सभामुख न्यान्सी पेलोसीले चीनको चेतावनीको बाबजुद ताइवानका राष्ट्रपति साई इङ्ग-वेनसँग भेट गरेकी छन्।
यसै क्रममा ताइवानका राष्ट्रपतिले रुसले युक्रेनमा गरेको आक्रमणको उल्लेख गर्दै यसले ताइवानको सुरक्षा अवस्थाप्रति विश्वको ध्यानाकर्षण गराएको बताए । उनले ताइवानले अब चीनसामु नझुक्ने स्पष्ट संकेत पनि दिएका छन् ।

“ताइवान पछि हट्ने छैन। हामी दृढताका साथ हाम्रो राष्ट्रिय सार्वभौमसत्ता कायम गर्नेछौं,” उनले भने। भेट्टघाट राष्ट्रपति भवनमा भएको बताइन्छ ।

