भारतीय सेनाको लडाकू विमान दुर्घटनाग्रस्त – चिनियाँ एजेन्सी सिन्ह्वा

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुर्घटनामा दुबै जना विमान चालकको मृत्यु भएको छ । मिग २१, लडाकू जेट विमान उडानको क्रममा दुर्घटना भएको भारतीय अधिकारीहरूले बताएका छन् ।
प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट पाँच सय ३२ किलोमिटर पश्चिमको बारमेर जिल्लामा हिजो अबेर दुर्घटनामा परेको हो ।

