युरोकप फुटबल प्रतियोगिताको लागि क्रोएसियाले राष्ट्रिय टिम घोषणा गरेको छ । क्रोयसियाले सोमबार अर्को महिनादेखी शुरु हुने प्रतियोगिताका लागि २६ सदस्यीय टिम घोषणा गरेको हो ।

कोरोना महामारीका कारण यस पटक युरोकपमा सहभागी टोलीले टिममा खेलाडीहरुको सङख्या बढाएर २६ जना खेलाडी राख्न पाउने यसअघि नै युईएफएले निर्णय गरिसकेकाले क्रोएसियाले २६ जनाको टोली घोषणा गरेको हो ।

क्रोएपयिाका मुख्य प्रशिक्षक ज्लाट्को डालिचले लुका मोड्रिकको कप्तानीमा राष्ट्रिय टिम घोषणा गरेको हो ।

स्पेनिस क्लब रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आएका लुकाको कै नेतृत्वमा रहेको क्रोएपया सन् २०१८ मा रुपमा भएको विश्वकपको फाइनलमा पुगेको थियो ।

समूह डी मा रहेको क्रोएसियाले चेक रिपब्लिक इंग्ल्याण्ड र स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ।

टिममा ३ गोलकिपर, ९ डिफेण्डर, ७ मिडफिल्डर र ७ फरवार्ड छन् । क्रोएसियाले ८ जना स्ट्यानबाई समेत घोषणा गरिएको छ ।

मिनी विश्वकपको रुपमा परिचित युरोकपको १६औं संस्करण युरोपको विभिन्न देशका ११ शहरमा हुँदैछन् । प्रतियोगिताको ६०औं वर्षगाँठको रुपमा यसपटक धेरै देशमा युरोकप हुन लागेको छ ।

युरोकप फुटबल प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

क्रोएसियाको २६ सदस्यीय राष्ट्रिय टिम:

गोलकिपरः लोभरे कालिनिक, डोमिनिक लिभाकोभिक, सिमोन स्लुगा

डिफेण्डरः डोमागोज भिदा, डेजान लोभरेन, सिम भ्रस्लाज्को, बर्ना बारिसिक, डुजे कालेटा कार, जोसिप जुरानाभिक, डोमागोज बराडारिक, मिले स्कोरिक, जोस्को जिभार्डिओल

मिडफिल्डरःलुका मोडरिक, माटेओ कोभासिक, मार्सेलो ब्रोजोभिक, मिलान बाडेल, मारियो पासालिक, निकोला भ्लासिक, लुका इभानुसेक

फरवार्डःइभान पेरिसिक, आन्द्रे क्रमारिक, एन्टे रेबिक, जोसिप ब्रेकालो, ब्रनो पेटकोभिक, मिस्लाभ ओरिसिक, एन्टे बुडिमिर