मित्र प्रसाद पाण्डे खोसिएको म
म,
त्यसैको खोजी गर्दै छु
जुन मैले पाएकै छैन
म,
त्यसैलाई पर्खिरहेको छु,
जुन मसङ्ग आएकै छैन
म, त्यसैको आशले ओइलाएको छु,
जुन मैले मर्नु अगावै देख्नु छ
त्यसैले,
मलाइ कुनै लालचले हैन
कुनै सपना ले हैन
कुनै आशाले हैन
कुनै अवसर ले हैन
मलाइ,
यो शहरमा भोकले सताएको छ,
जति थकाइ र रोगले सताएको थियो,
विन्ती ,
मलाई जागिर चाहिएन,
मलाई कुनै सुविधा चाहिएन
मलाई मात्र खान देउ
मलाई खान देउ
विन्ती,
मलाई भोकको महामारीबाट बचाइदेउन है
मेरो चीत्कार सुनी देउन है