राखेप सदस्यसचिव सिलवाल पदमुक्त, कार्यवाहकमा ढकाल


खेलकुद मन्त्रालयका महाशाखा प्रमुखसमेत रहेका ढकाललाई मन्त्रालयले सोमबार कार्यवाहक सदस्यसचिवको रुपमा जिम्मेवारी प्रदान गरेको हो।
खेलकुद मन्त्रालयकाले गत बिहीबारबाट लागू हुने गरी राष्ट्रिय खेलकुद विकास ऐन ल्याएसँगै राखेपका बोर्ड सदस्यहरुको कार्यकाल समाप्त भएको थियो। बोर्डका सदस्यहरुमा सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष पिताम्बर तिम्सिनालगायत सदस्य थिए।
नयाँ ऐन प्रारम्च भएसँगै पूर्व सदस्य सचिव सिलवाल कार्यालय आउन छोडेका थिए। ऐनमा सदस्य सचिवको नियुक्ति प्रकृयामा समेत फरक भएकाले पूर्व सदस्य सचिवको कार्यकाल समाप्त भएको हो।
राष्ट्रिय खेलकुद विकास ऐनको परिच्छेद ४ को दफा १७ (१२) मा सदस्य सचिवको नियुक्ति नभएको वा कुनै कारणले रिक्त रहेमा मन्त्रालयले संघीय निजामति सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी वा परिषद्को वरिष्ठतम कर्मचारीलाई सदस्य सचिवको रुपमा कामकाज गर्ने गरी तोक्ने सक्ने उल्लेख छ। ऐनको यही दफामा टेकेर मन्त्रालयले ढकाललाई राखेपको जिम्मेवारी सुम्पिएको हो।
अब नयाँ सदस्य सचिवको नियुक्ति नभएसम्मका ढकालले नै परिषद् सम्हाल्ने छन्।
नयाँ सदस्य सचिव नियुक्तिका लागि एक जना महिलासहित तीन खेलकुद विज्ञको समितिले सिफारिस गर्नेछ। जसलाई खेलकुद मन्त्रीले सदस्य सचिवमा नियुक्ति गर्नेछन्। यो प्रकृया केही लामो हुृने भएकाले ढकाललाई तत्कालका लागि जिम्मेवारी प्रदान गरिएको हो।
‘खेलकुद विभाग हेर्ने भएकाले साधारण कार्यवाहकका रुपमा नियुक्त भएको छु। सायद छिटै सदस्य सचिव आउँदै हुनुहुन्छ। सदस्य सचिवको नियुक्ति राजनीतिक प्रकृयाबाट हुने भएकाले मैले त्यहाँ धेरै रोल खेल्ने पनि होइन। परिषद्मा धेरै काम गर्नेगरी नियुक्त भएको होइन। यत्रो ठूला संस्थाको जिम्मेवारी पनि धेरै नै हुन्छ। नयाँ सदस्य सचिव नियुक्ति गर्ने प्रक्रिया अघि बढ्दै होला,’

