कालिकोटका स्थानिय तहले बजेट सार्वजनिक गर्दै पचालझरनाले ल्यायो, ३७ करोड ६९ लाख ५२ हजार एक सय ७० बजेट

अग्निज्वाला संवाददाता
मान बहादुर बिश्वकर्मा
कालिकोट । जिल्लाको पचालझरना गाउँपालिकाले आर्थिक वर्ष ०७७÷०७८ को बजेट सार्बजनिक गरेको छ । आज गाउँपालिकाको जारकोटमा गरिएको भेलाले सो बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालको सभा अध्यक्षतामा भएको बजेट सार्वजनिक कार्याक्रममा सो बजेट सार्र्वजनिक गरिएको हो । प्रर्यटन क्षेत्रमा खाद्वु गाउँलाई होमस्टे स्थापना, पचाल झरना छहराको स्तरउन्नतिको लालि रेलिङ निर्माण गर्ने, गोठालो भत्ता कार्यन्यनमा निरन्तर्ता दिनुका साथै, खरको छानामुक्त्त गाउँपालिका पुर्ण रुपमा घोषणा गरिने जनाइएको छ ।
शिक्षामा गुणस्थर कायम गर्न बजेट छुटाइएको छ । एक वंडा एक माविमा लैजान शुन्य दरबन्दि भएका ठाउमा दरबन्दि थप गरिने,स्थानिय पाठ्यक्रम जारि गरि अध्यान गरिनेछ ,साथै पालिकाका गरिब तथा जेहेन्दार बिद्यार्थिका लागि छात्रावृद्धि दिईने ,स्वास्थ्य क्षेत्रमा भौतिक पुर्वधार, र मुख्य कोभिड १९ लाई रोकथाम गर्न मुख्य पहल गरिने र बजेट छुटाइएको छ । साथै स्थास्थ्य कर्मि बिमा स्वरुप ५ लाख छुटाइएको छ । साथै कोरोना बाट मृत्यु भइहालेमा प्रतिपरिवार २५ हजार रुपैया दिइने जनाइएको छ ।
जडिवुडिको प्रशोधन गरि उपयोगीता ल्याउने । १५ शैयाको अस्पताल स्थापना गर्ने खानेपानिमा उचित व्यवस्थापन गर्न वजेट छुटाइको छ । लक्षित बर्गलाई उचित बजेट, पहिलो आधार एकल महिला, दलित र अपाङगता भर्ता निरन्तरर्ता गरिने, पनि जनाइएको छ । एकिकृत बस्ति निर्माण गर्ने ,बिपतजोखिम न्यनिकरणमा प्राथामिक्ता दिने,,प्रत्येक महिनाको एकपटक वृक्षारोपण, लोपोन्मुख रेपाण्डा संरक्षण गर्ने, व्यवासायिक सिपबिकास कार्याक्रम निर्माण गर्ने, पालिका दर्ता भएका सहकारिहरु लाई जिबिको पार्जनका सवालमा उचित बजेट छुटाइएको छ ।
पालिकाका वेरोजगार युवाहरुलाई रोजगारि गर्न । एक हजार युवाको निर्माण समुह बनाउने, साथै उपभोक्त्ताको रकम बैंकको खाता द्धारा हालिदिने, र चाँर लाख देखि माथिका सबै योजनाहरु ठेक्का मार्फत दिइने पनि नितितथा कार्यक्रम सावैजनिक गरिएको छ । सार्बजकि गरिएको बजेट माथि भोलिदेखि छलफलमा लिएर १६ गतेसम्म गर्ने जनाइएको छ ।

