क्वारेन्टाइन मा बसेका नागरिकका पिडाले निदाउदैनन अध्यक्ष चोैलागाईँ

कालिकोट । बाहिरबाट आएका नागरिकका लागि राख्ने क्वारेन्टाइन स्थानीयले गाउँका बीचमा बनाएका छन् । वरिपरीका बस्तिहरु त्रसित भएका छन् । गाउँपालिकाभित्र रहेका विद्यालयमा क्वारेन्टाइन बनाउन यहाँका नागरिकले दिँदैनन् । ‘पाल बनाएर नागरिकलाई राखेका छौँ, पाल पनि हावाहुरी चल्ने बित्तिकै उडाइ हाल्छ, आफ्ना मतदाता पाल मुनी हुँदा आफूलाई निन्द्रा समेत लाग्दैन,’ शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाँईले बताउनु भयो।विदेशबाट आउनेहरुको ओइरो छ । विश्व कोरोना संकटमा भुलिरहेको छ । गाउँघरका बस्तिहरु एक अर्काका लागि अछुत देखिन्छन् । ‘कसैले कसैको टेकेको माटोमाथि पाइलासमेत राख्दैनन्, कसैले कोरोनालाई महामारीको रुपमा लिएका छन् भने कसैले सामान्य रुपमा लिएका छन्, यहाँ हरेक नागरिकका कुरा सुन्दा म आफैँ अलमलमा पर्छु, अध्यक्ष चौलागाँईले बताउनु भयो ।उनले पुनः भने, ‘आफ्ना नागरिककाा क्वारेन्टाइनमा बसेको पीडा देख्दा म निदाउँन सक्दीन, तर पनि सरकारको नियमानुसार उनिहरुलाई क्वारेन्टाइनमा राखेको छु, उनिहरुको स्वास्थ परीक्षणदेखि गास, बास, कपासमा कुनै किसिमको कमी हुन दिने छैन ।बाहिरबाट आएका जो कोही नागरिक क्वारेन्टाइनमा बसेका छन् सबैका खुट्टा सुन्निएर रोएर देखिन्छ । उपचारका लागि स्वयं व्यक्ति हिँडडुल गर्न सक्दैनन् । वर्खाको समयमा गाडी आउँदैन, बोक्न कसैले मान्दैन । क्वारेन्टाइनका बिरामी अस्पताल पुर्याउन नसकेको शुभकालिका सरकारको एउटा अर्को महा पीडा हो । साविकको कर्णाली अंचलका ५ जिल्ला अहिले पनि बिकट नै छन् ।विकट पहाडी जिल्ला कालिकोटको शुभकालीका गाउँपालिकालाई सडक संजालले छोए पनि सधै झैँ आउने बाढपहिरोले सडक राम्रो छैन ।
सदरमुकाम मान्म बजारदेखि गाउँपालिकाको केन्द्र सुकाटिया अथवा पालिकाको मुख्य बजार क्षेत्रमा पुग्न ४–५ घण्टा लाग्छ । यहाँका नागरिक बिरामी पर्दा पालिका स्तरमै गुणस्तरीय अस्पताल पनि छैन । यस कारण यातायातका साधान नहुँदा र उपचार गर्ने भरपर्दो स्वास्थ निकाय नहुँदा भारत लगायतका स्थानबाट आएर क्वारेन्टाइनमा बस्ने मानिस बिरामी पर्दा उपचारमा लैजान पनि समस्या देखिएको छ ।खुट्टा सुन्निएर पीडामा छट्पटाएका बिरामीलाई २ दिनदेखि अस्पताल लैजान नसकेको अध्यक्ष चौलागाईंले बताए । कोरोनाको महामारी फैलिएकै छ । नेपालमा पनि दिनप्रतिदिन धेरैले ज्यान गुमाईसकेका छन् । शुभकालिकामा यो महामारीले धेरै जनामा संक्रमण देखिएको छ । कतिपयको कोरोना विशेष स्वास्थ परिक्षण गर्न भिटिएम र आरडीटीकै अभाव छ । बाहिरबाट औषधि आउँन पनि समय लाग्ने देखिन्छ, केही गरी भोली महामारी फैलिएर मानिस विरामी परे भने के गरी लैजाने होला रु’, ‘गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक पम्फा कुमारी शाहीले बताउनु भयो।अझै पनि विदेशिएका नागरिक गाउँ फर्कने क्रम जारी छ । शुभ कालीका गाउँपालिकामा मात्र ६ सयको हाराहारीमा मानिसहरु भित्रिइसकेका छन् । यातायातको असुविधा हुँदा भारतबाट आएका मानिसलाई गाउँ पुग्न पनि निक्कै कठिन भएको छ । ‘भारतबाट आएका गाउँलेले सामानका भारी पनि लिएर आउँछन्, गाडीले झारिदिएपछि उनीहरु आफैँ भारी बोक्न पनि सक्दैनन्, अरु मान्छेले बोक्न पनि मान्दैनन्, साह्रै असजिलो वातावरण सृजना भएको छ’, उपाध्यक्ष शाहीले भनाई छ ।अहिले करिब ३ सय ५० भन्दाबढी भारतबाट आएका मानिसलाई पाल टाँगेर राखिएको उहाको भनाइ छ । भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्न पहाडी दुर्गम गाउँमा पुर्याउनुभन्दा यातायातको पहुँच भएको ठाउँमा क्वारेन्टाइन बनाएर राख्न पाए सहज हुने पालिकाको भनाइ छ । संक्रमित बढ्दै गए भने कालिकोटमै बिरामी राख्ने आइसोलेसन कक्षको अभाव छ । पालिकाले विकास निर्माणमा खर्चने रकम कोरोनाकै कारण खर्च भएको छ

