साताको पहिलो दिनमै सेयर बजारमा पहिरो, नेप्से ३२ अंकले घट्यो

आज कारोबारको अन्त्यमा नेप्से परिसूचक ३२.६५ अंकले घटेर २ हजार ६५७.५० विन्दुमा झरेको छ। यो गत साताको अन्तिम कारोबार दिनको तुलनामा १.२१ प्रतिशतको गिरावट हो।
आज बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। कुल २५२ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा २१ कम्पनीको मात्रै मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ५.९३ अंकले घटेर ४८१.७२ विन्दुमा झरेको छ। कारोबारमा रहेका सबै १३ उपसूचकको मूल्य घटेको छ।
परिसूचकसँगै आज कारोबार रकममा समेत कमी आएको छ। आज ३४३ कम्पनीका १ करोड ९८ लाख २२ हजार ३९२ कित्ता सेयर ७० हजार २२८ पटक खरिदबिक्री भएका छन्। यसबाट कुल ७ अर्ब १८ करोड ३७ लाख १३ हजार ४७ रुपैयाँको कारोबार भएको छ।

