फेसबुकमा मन्त्री पुनकाे अश्लील पाेष्ट

काठमाडाैँ। गुल्मीका जनप्रतिनिधि तथा मन्त्री महावीर पुनले सामाजिक सञ्जालमा अश्लील टिप्पणी गरेका छन्। महावीर पुन सोझा र इमानदार देखिएपनि उनका कतिपय अभिव्यक्ति र हर्कहरुकाे चर्काे आलाेचना हुने गरेकाे छ। उनले मन्त्री भएपछि पनि सामाजिक सञ्जालमा आफ्ना पोस्टमा आएका कमेन्ट तथा प्रयोगकर्ताहरूसँग विवाद गर्न भने छाडेका छैनन् । आफूलाई चित्त नबुझे उनी पोस्टमा प्रतिउत्तर दिन भ्याइहाल्छन् । आइतबार दिउँसो मन्त्री पुनले विवादित व्यवसायी इनम सापकोटाबारे फेसबुकमा एक स्टाटस लेखेका थिए । जहाँ सयौँ कमेन्ट आएका छन् । तीमध्ये केहीमा पुनले प्रतिउत्तर दिएका छन् । एक प्रयोगकर्ताले ‘मैले इन्टरनेटमा सर्च गर्दा त महाबिर पुन को चेला हो भनेर देखायो त’ भनी लेखेका छन् । जहाँ उनले ‘ तिमीले आलु इन्टरनेट चलाएका रहेछौ।’ भनी उत्तर फर्काएका छन् । त्यस्तै अर्का एक जनाले ‘मलाई अहिले ठीक लाग्दैन’ लेखेका छन् । यसमा पनि मन्त्री पुनले जवाफ दिएका छन् – नलागे ठीक छ ।’ तर एक प्रयोगकर्ताको कमेन्टमा भने मन्त्री पुनले अशोभनीय, आपत्तिजनक र असभ्य जवाफ फर्काएका छन् । ती प्रयोगकर्ताले ‘सेम तपाईंजस्तै हो हेर्दाखेरि सोझोदेखि नै भित्रभित्र छुरा बोकेर हिँड्ने’ लेखेका छन् । यी प्रयोगकर्तालाई मन्त्रीले प्रतिउत्तरमा लेखेका छन् – ‘यता आउ छुरा हेर्ने भए भित्रको।’ मन्त्री पुनको यस्तो उत्तरपछि कैयन् प्रयोगकर्ताले उनको आलोचना गरेका छन् । केहीले समर्थन पनि गरेका छन् ।

