बाबुरामको देशमा ठूलो सङ्कट सिर्जना हुने दाबी कस्तो हो ?

हाइफ्रोफाइल बिचौलिया इनम सापकोटा प्रकरण लगायतका विषयतर्फ संकेत गर्दै उनले सत्तारूढ र प्रतिपक्षी दलभित्र चर्कँदो अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका प्रमुख अङ्गमा देखिएको अव्यवस्था तथा अर्थतन्त्रको निरन्तर ओरालो यात्राले देशको अवस्था थप जटिल बन्दै गएको बताएका छन् ।
पूर्व प्रधानमन्त्री भट्टराइले भनेका छन्, ‘देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कँदो अन्तरसंघर्ष, राज्यका प्रमुख अङ्गहरू न्यायालय,प्रशासन र प्रहरी लगायतमा अस्तव्यस्तता,अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, थपिँदो प्राकृतिक प्रकोपको भार, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिक संचारक्षेत्र र नागरिक वृत्तमा चुलिँदो निराशा, आदिले देश ठुलो सङ्कटतिर उन्मुख भइरहेको संकेत गर्छ । अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैसक्दैन । सबै आआफ्नो क्षेत्रबाट गम्भीर बनौँ ।

