एनपिएलः आज लुम्बिनी लायन्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दै



काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिील) क्रिकेट अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुनेछ ।एनपिएलको यो शृंखलाको पाँचौँ खेलमा दुई टोली दिउँसो ४ बजे टीयु क्रिकेट मैदान, कीर्तिपुरमा उत्रिँदैछन् ।लुम्बिनी लायन्स लिगमा पहिलो खेल खेल्दैछ भने चितवन राइनोज लगातार दोस्रो जित खोज्दै मैदानमा आउँदैछ ।चितवन राइनोज कर्णाली याक्सलाई चार विकेटले पराजित गरेर लुम्बिनीसँग स्पर्धामा उत्रिन लागेको हो ।
