एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई Mercure Hotel मा १५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई काठमाडौं, सुकेधारामा रहेको Mercure Hotel मा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।
ग्राहक महानुभावहरुले यस होटलमा आवास सेवा लिँदा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

