यस नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका शेयरधनीको दशौँ वार्षिक साधारणसभा मिति २०८२ आश्विन २७ गते (तद्नुसार १३ अक्टोबर २०२५) नेपाल एसबिआई बैंक लिमिटेडको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा सम्पन्न भयो । उक्त सभाले कम्पनीको आ.व. २०८१÷८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८२ को वासलात, आ.व. २०८१÷८२ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित ग¥यो ।
सभाले कम्पनीका शेयरधनीलाई चुक्ता पुँजीमा २५ प्रतिशतका दरले रु ५,००,००,०००÷– (अक्षरेपी पाँच करोड रुपैँया मात्र) बराबरको नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव समेत पारित ग¥यो ।
उक्त साधारणसभाले आ.व. २०८२÷८३ को कम्पनीको लेखापरीक्षण गर्नका लागि मेशर्स ए.पि. एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ ।