सिटिजन्स क्यापिटल लिमिटेड द्वारा आठ करोड पाँच लाख एक्काइस हजार सात सय) प्रतिफल वितरण

सिटिजन्स क्यापिटल लिमिटेड द्वारा आर्थिक वर्ष २०७९/८० को
सिटिजन्स म्युचुअल फण्ड र स्किमहरुको मुल्यांकन कुल रु. ८,०५,२१,७०० (अक्षरुपी: आठ करोड पाँच लाख एक्काइस हजार सात सय) प्रतिफल वितरण गरेको छ ।
सिटिजन्स क्यापिटल लिमिटेडले संचालित सिटिजन्स म्युचुअल फण्ड स्किमहरुले आ.व.२०७९/८० को मूल्यांकन अनुसार म्युचुअल फण्डहरुको प्रतिफल वितरणको लागि कुल रु. ८,०५,२१,७०० (अक्षरुपी: आठ करोड पाँच लाख एक्काइस हजार सात सय) बराबरको रकम वितरण गर्ने निर्णय गरेको छ।
यस अन्तर्गत सिटिजन्स म्युचुअल फण्ड–१ (CIZMF) ले प्रतिफल वितरणको लागि रु. ४,५२,५७,९५३ र सिटिजन्स सुपर–३० म्युचुअल फण्ड (CISMF) ले प्रतिफल वितरणको लागि रु. ३,५२,६३,७४७ गरी कुल रु. ८,०५,२१,७०० प्रतिफल वितरण गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छौं।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित सिटिजन्स म्युचुअल फण्ड–१ मिति: २०७१/११/१९ मा सुरुवात भएको र हाल सम्ममा औसत नेट एसेट भ्यालु (NAV) रु. १९.९१ रहेको र सिटिजन्स सुपर–३० म्युचुअल फण्ड मिति: २०७६/०५/२८ मा सुरु भई हाल सम्ममा औसत नेट एसेट भ्यालु रु. १८.५७ रहेको जानकारी गराउन चाहन्छौं।
सिटिजन्स म्युचुअल फण्ड–१ को फण्ड साइज रु. १ अर्ब (रु. १,००,००,००,०००) रहेको र सिटिजन्स सुपर–३० म्युचुअल फण्डको फण्ड साइज रु. ८०,००,००,००० रहेको मिति: २०७६/०५/२८ गते भएको जानकारी गराउन चाहन्छौं।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको वित्तीय व्यवस्थापनलाई अझ सबल बनाउन सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ बाट नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने तयारीमा रहेको र यस सम्बन्धी आवश्यक स्वीकृति नेपाल धितोपत्र बोर्डबाट प्राप्त गर्नका लागि प्रक्रिया अगाडि बढाइएको छ।
नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त वित्तीय संस्था, वित्तीय व्यवस्थापन र परामर्श सेवामा संलग्न, लगानी व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापन, परामर्श सेवा (Advisory), वित्तीय पुनर्संरचना, ऋण व्यवस्थापन, शेयर रजिष्ट्रार तथा इश्यू म्यानेजमेन्ट कार्यमा संलग्न रहँदै आएको सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको र सिटिजन्स क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (CEO) श्री सञ्जीव सुवेदी रहेको जानकारी गराउँछ।

