महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई ¥याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

नेपाली जनताको घरदैलोमा निरन्तर गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, रेस्टुरेन्टलगायतका क्षेत्रसँग सहकार्य गर्दै चाडपर्व तथा विदेश यात्रामा निस्कने ग्राहकहरूलाई लक्षित गरी नयाँ सुविधा घोषणा गरेको छ।
यसअन्तर्गत बैंकले ¥याडिसन होटल लाजिम्पाट, काठमाडौँसँगको सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ¥याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।
सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूले ¥याडिसन एयरपोर्ट लाउन्ज र सम्बन्धित सेवाहरूमा विशेष छुट पाउनेछन्। छुट विवरण यस प्रकार छन्:
क्र.सं विवरण छुट प्रतिशत
१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ¥याडिसन एयरपोर्ट लाउन्ज सेवा १५%
२ खाद्य तथा पेय पदार्थमा (इजाकाया होकाइडो होटल समेत) २०%
३ पेस्ट्री खरिद १५%
४ ट्रानक्विलिटी स्पा सेवा १५%
५ ¥याडिसन फिटनेस सेन्टर (जिम) २०%
यस किसिमको सहकार्यबाट बैंकका डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले व्यक्त गरेको छ।
हालसालै बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंक क्रेडिट कार्ड प्रयोग गरी किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने योजना सुरु गरेको छ।
यस अन्तर्गत ग्राहकहरूले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकम ६ देखि १२ महिनासम्मको लचिलो अवधिमा मासिक किस्तामा भुक्तान गर्न सक्नेछन्।

