काठमाडौं, ५ सेप्टेम्बर —
नेपालको पर्यटन, मनोरञ्जन तथा होटल क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यले हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेड, वीरगञ्ज र स्ट्रीम पिक इन्टरनेशनल प्रा.लि., काठमाडौं बीच विशेष समझदारी भएको छ।

दुवै संस्थाले सहकार्यमार्फत लक्सरी होटल, वाटर पार्क, सांस्कृतिक मनोरञ्जन केन्द्र, सम्मेलन हल र पारिवारिक मनोरञ्जन पार्क निर्माण गर्ने सहमति गरेका छन्। यस परियोजनाले स्थानीय रोजगार, पूर्वाधार विकास तथा दीगो पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रममा बोल्दै दुवै कम्पनीका पदाधिकारीहरूले नेपालमा अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा उपलब्ध गराउँदै पर्यटन व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको बताएका छन्। साथै, यसले विदेशी पर्यटक मात्र नभई स्वदेशी नागरिकका लागि पनि आकर्षक गन्तव्य बन्ने उल्लेख गरिएको छ।

सम्झौता अनुसार, दुवै पक्षले परियोजनाको वित्तीय, प्राविधिक तथा व्यवस्थापकीय पक्षमा साझेदारी गर्दै अगाडि बढ्नेछन्। यसबाट स्थानीय उद्यमशीलता प्रवर्द्धन, सांस्कृतिक पहिचान संरक्षण र आर्थिक चक्र सक्रिय हुने अपेक्षा गरिएको छ।