कोहलपुर — सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि, नियामक पालना र संस्थागत सुशासनलाई सुदृढ बनाउन कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा Anti Money Laundering (AML) तथा Combating the Financing of Terrorism (CFT) सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ।

उक्त तालिम नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुबेदी तथा उप निर्देशक पदम प्रसाद सोडारीले प्रदान गर्नुभएको थियो। उहाँहरूले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कबि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, विभागीय प्रमुखहरू तथा नारायणी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शाखा प्रमुखहरूको सक्रिय उपस्थिति रहेको थियो।

हाल सन नेपाल लाइफ इन्स्योरेन्सले देशभरका १४३ शाखामार्फत जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ।