काठमाडौं, भदौ १८ — चीनको प्रख्यात इलेक्ट्रोनिक्स ब्रान्ड स्काईवर्थ ले नेपाली ग्राहकहरूलाई लक्षित गर्दै ४० दिन लामो चाडपर्व अफर सार्वजनिक गरेको छ। कम्पनीले दशैं–तिहारलाई ध्यानमा राख्दै विशेष योजनासहित बजारमा प्रवेश गरेको हो।

अफर अन्तर्गत विभिन्न प्रोडक्टमा विशेष छुट, उपहार तथा आकर्षक अफरहरू उपलब्ध हुने स्काईवर्थले जनाएको छ। कम्पनीले ग्राहकहरूलाई अझ नजिक ल्याउने उद्देश्यसहित चाडपर्व विशेष योजना सञ्चालन गरिएको बताएको छ।

नेपालमा स्काईवर्थका वितरण साझेदार लिभिङ हबका प्रमुख कार्यकारी अधिकृतले भने, “यो चाडपर्वमा ग्राहकहरूलाई खुसी बाँड्ने हाम्रो प्रयास हो। स्काईवर्थसँगै परिवारको खुशीमा रंग थप्ने अवसर हामीले ल्याएका छौँ।”

यो अफर भदौ १५ देखि कात्तिक १५ सम्म नेपालभरका स्काईवर्थका सोरुम तथा बिक्री केन्द्रहरूमा लागू हुने कम्पनीले जनाएको छ।