“Road to IPO” कार्यक्रम सम्पन्न

काठमाडौँ, भाद्र १५, २०८२
NIMB Ace Capital Limited, Pioneer Law Associates र ICRA Nepal Limited को संयुक्त आयोजनामा “Road to IPO” विषयक विशेष कार्यक्रम राजधानीस्थित Hotel Aloft Kathmandu मा सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि, लगानीकर्ता र विज्ञहरुको उपस्थितिमा Initial Public Offering (IPO) सम्बन्धी कानुनी, वित्तीय तथा व्यवस्थापकीय पक्षबारे विस्तृत छलफल गरिएको थियो।
मुख्य प्रस्तुतकर्ता Pioneer Law Associates का Managing Partner लिजेन्द्र खड्काले नेपालको कानुनी संरचना, सम्भावित जोखिम र पूँजीबजारसँग सम्बन्धित कानुनी व्यवस्थाबारे अनुभव बाँडे। त्यस्तै, NIMB Ace Capital Limited का DCEO नारायण भट्टaraiले सार्वजनिक निष्कासनको प्रक्रिया, रणनीति, वित्तीय पारदर्शिता तथा समय व्यवस्थापनका विषयमा प्रकाश पार्नुभयो।
कार्यक्रममा ICRA Nepal को Rating Division प्रमुख अर्पण श्रेष्ठले पूँजीबजार मूल्यांकन र क्रेडिट रेटिङ्ग प्रक्रियाबारे प्राविधिक दृष्टिकोण प्रस्तुत गर्नुभयो।
आयोजक संस्थाहरूले यस कार्यक्रमले नेपालको पूँजीबजारमा आवश्यक जागरुकता बढाउने, लगानीकर्तालाई IPO प्रक्रियाबारे स्पष्ट जानकारी दिने तथा संस्थागत संरचना मजबुत बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

