काठमाडौं । डिशहोमले चन्द्रागिरी हिल्ससँग साझेदारी गर्दै आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुट सुविधा उपलब्ध गराउने भएको छ। सम्झौताअनुसार, अब सक्रिय डिशहोम ग्राहकहरूले चन्द्रागिरी केबलकारको टिकटमा १० प्रतिशत छुट पाउनेछन्।

काठमाडौं उपत्यकाको सुन्दर दृश्य, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यका कारण चर्चित चन्द्रागिरी हिल्स उपत्यकाबाट सजिलै पुग्न सकिने प्रमुख पर्यटन गन्तव्यका रूपमा परिचित छ। डिशहोमले गरेको यो सहकार्यले ग्राहकलाई छुटसहित त्यहाँको अनुभव लिन सकिने अवसर दिनेछ।

अफर विवरण:

चन्द्रागिरी केबलकार टिकटमा १०% छुट

माइ डिशहोम एपमार्फत सक्रिय ग्राहकका लागि मात्र उपलब्ध

ग्राहकले छुट लिनका लागि माइ-डिशहोम एप डाउनलोड गरी लग–इन गर्नुपर्नेछ। त्यसपछि होमपेज वा प्रोफाइल सेक्सनमा रहेको भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गरी चन्द्रागिरी हिल्समा टिकट काट्दा छुट प्राप्त गर्न सकिनेछ।

साझेदारीलाई औपचारिकता दिने क्रममा चन्द्रागिरी हिल्सका सेल्स एण्ड मार्केटिङ प्रमुख प्रभाकर खड्का र डिशहोमका न्यु प्रोडक्ट डेभ्लपमेन्ट एण्ड इन्टिग्रेसन प्रमुख सबिन महर्जनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

“यो साझेदारीले हाम्रो ग्राहकलाई केवल डिजिटल कनेक्सन मात्र नभई, नेपालका उत्कृष्ट पर्यटन अनुभवमा छुटसहित पहुँच दिनेछ,” डिशहोमका सीईओ तारा मानन्धरले प्रतिक्रिया दिनुभयो।

डिशहोमले सुरु गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत ग्राहकहरूले डाइनिङ, यात्रा, मनोरञ्जन, आतिथ्यलगायतका क्षेत्रमा विशेष छुट सुविधा पाउँदै आएका छन्। कम्पनीले आगामी दिनमा थप ब्रान्डहरूलाई पनि यस कार्यक्रममा समावेश गर्ने योजना सार्वजनिक गरेको छ।