The Export and Import Bank of China (CEXIM) र लुम्बिनी हाइड्रो पावर लिमिटेड बीच नेपालका विभिन्न परियोजनामा लगानी गर्न सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

The Export and Import Bank of China (CEXIM) ले लुम्बिनी हाइड्रो पावर लिमिटेडलाई क्रमशः रु. १३५ अर्ब – १ र रु. १२० अर्ब – १ गरी जम्मा २ वटा दीर्घकालीन वित्तीय सहयोग उपलब्ध गराउने उद्देश्यले सम्झौता गरेको हो। यसअनुसार CEXIM बैंकको तर्फबाट Sichuan कम्पनीसँग मिलेर नेपालका परियोजनामा लगानी गर्ने सहमति भएको हो।

उक्त सम्झौतामा लुम्बिनी हाइड्रो पावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष श्री शंकरप्रसाद पौडेल र CEXIM बैंकको तर्फबाट Sichuan कम्पनीकी उपाध्यक्ष सुश्री Wu Yanhui ले हस्ताक्षर गरेका छन्। सो परियोजनामा लुम्बिनी हाइड्रो पावर लिमिटेडका कार्यकारी निर्देशक श्री अर्जुन पौडेल, CEXIM बैंक Sichuan कम्पनीका प्रतिनिधि श्री Chen Shengrong, र SGIC इन्जिनियरिङ कम्पनीका प्रतिनिधि श्री Liao Bin समेत उपस्थित रहेका थिए।

यस अवसरमा लुम्बिनी हाइड्रो पावर लिमिटेडका कार्यकारी निर्देशक श्री अर्जुन पौडेलले नेपालमा परियोजना सञ्चालन गर्न लुम्बिनी हाइड्रोलाई विश्वास गरेर सहयोग गर्ने सबै साझेदारहरूलाई धन्यवाद ज्ञापन गरे। साथै, CEXIM बैंकको दीर्घकालीन सहकार्यले लुम्बिनी हाइड्रोलाई सरकारी नीति तथा योजनाअनुसार दीर्घकालीन योगदान दिन सक्षम बनाउने बताएका थिए। उहाँले भविष्यमा उर्जा, पूर्वाधार तथा अन्य क्षेत्रमा यस किसिमको सहकार्यले नेपालका लागि दीर्घकालीन लाभ पुर्‍याउने विश्वास व्यक्त गरे।

त्यस्तै CEXIM र अन्य साझेदार संस्थाका प्रतिनिधिहरूले पनि आगामी दिनमा थप सहकार्य गर्ने प्रतिवद्धता जनाएका थिए। यस परियोजनामा लुम्बिनी हाइड्रो पावर लिमिटेडको सहभागिता दीर्घकालीन हुने भएकाले आगामी दिनमा अन्य क्षेत्रमा समेत यस किसिमका परियोजना सञ्चालन गर्ने सहकार्यका सम्भावनाहरू रहेको बताएका थिए।

यसैगरी, यी सहकार्य कार्यक्रमलाई अघि बढाउन निकट भविष्यमा थप चिनियाँ र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूसँग नेपालमा सहकार्य गर्ने योजना लुम्बिनी हाइड्रोले बनाएको छ र यस किसिमका परियोजनाले नेपालको ऊर्जा सुरक्षामा दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

इति,

अध्यक्ष
कार्यकारी निर्देशक
२०८२ भदौ ६ गते