ग्लोकल टीन हिरो नेपाल २०२५ का शीर्ष ६ फाइनलिस्ट घोषणा

काठमाडौं, अगस्ट २२
ग्लोकल प्रा.लि.ले ‘गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५’ को लागि शीर्ष ६ फाइनलिस्टको नाम सार्वजनिक गरेको छ।
११औं संस्करणसम्म आइपुग्दा प्रतियोगितामा बालबालिकाको अधिकार, नवप्रवर्तन, प्रविधि, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, सामाजिक क्रियाशीलता, वातावरण, एआई विज्ञान/अनुसन्धान लगायतका क्षेत्रमा समाजमा सकारात्मक प्रभाव पारेका किशोरकिशोरीहरूलाई प्रतिस्पर्धामा समावेश गरिएको थियो। यस वर्ष कुल ७८४ आवेदन प्राप्त भएका थिए।
‘ग्लोकल २० अण्डर २०’ बाट छनोट गरिएका उत्कृष्ट किशोरकिशोरीहरूको कार्यविवरण र उपलब्धिहरूको समीक्षापछि निर्णायक मण्डलले उनीहरूको सुरुवात, निरन्तरता र समाजमा पारेको प्रभावका आधारमा अन्तिम चरणमा शीर्ष ६ फाइनलिस्टलाई सर्टलिस्ट गरेको हो।
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ का शीर्ष ६ फाइनलिस्ट यसप्रकार रहेका छन्:
१. कृष्ण यादव (धनुषा) – सामग्री निर्माता
२. मानुषी न्यौपाने (स्याङ्जा) – यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) अधिवक्ता
३. निश्चल ढुंगाना (कपिलवस्तु) – जलवायु न्याय अधिवक्ता
४. अक्सफोर्ड आचार्य (जुम्ला) – नीति अधिवक्ता
५. रेणुका सिंह (सर्लाही) – कृषि उद्यमी
६. सफल पौडेल (रुपन्देही) – एआई विकासकर्ता
ग्लोकलका अनुसार, यी किशोरकिशोरीहरूले आफ्ना-आफ्ना क्षेत्रमार्फत समाजमा पुर्याएको योगदान, उपलब्धि र नेतृत्व क्षमताका आधारमा फाइनलमा स्थान बनाएका हुन्।

