जान ब्रेडेल स्टेडियममा भएको खेलमा एस्टन भिल्लाले क्लब ब्रुगलाई ३-१ गोलअन्तरले पराजित गरेको हो । खेलमा सुरुवाती अग्रता भने एस्टन भिल्लाले नै लिएको थियो । खेलको तेस्रो मिनेटमा लियोन बेलीले गोल गर्दै एस्टन भिल्लालाई सुरुवाती अग्रता दिलाए ।
तर, खेलको १२औँ मिनेटमा क्लब ब्रुगका लागि म्याक्सिम डे क्युपरले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८२औँ मिनेटमा क्लब ब्रुग्सका रक्षक ब्रान्डन मेचेलले आत्मघाती गोल गरेपछि एस्टन भिल्लाले २-१ को अग्रता लिए ।
खेलको ८८औँ मिनेटमा एस्टन भिल्लाले पेनाल्टी पायो । र, पेनाल्टीमा गोल गर्दै मार्को असेन्सियोले एस्टन भिल्लालाई ३-१ गोलअन्तरको जित दिलाएका हुन् । अब एस्टन भिल्ला र क्लब ब्रुगबीचको दोस्रो लेगको खेल १३ मार्चमा भिल्ला पार्कमा हुनेछ ।