महाशाखाका अनुसार हाल कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सुका साथै केही स्थानमा कुहिरो लागेको छ ।

काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ। आज बिहान ५ : ४५ बजेको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । यो तापक्रम यस वर्षको हालसम्मको न्यून हो । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् ।

आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

यस्तै आज राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

आज सूर्योदय बिहान ६ बजेर ४४ मिनेट र सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ ।