आज पनि सुनको मुल्य बढेको छ । बिहीबार सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

यससंगै आज सुन प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य हालसम्मकै उच्च हो ।

बुधबार सुनको मूल्य तोलाको १ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य घटेको छ । चाँदीतोलाको १ हजार ८३० रुपैयाँ कायम भएको छ ।आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३१ हजार ३४५रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५६९ रुपैयाँ कायम भएको छ ।