IMS Group प्रस्तुत किड्स एक्स्पो २०२२: एक उत्कृष्ट सफलता
काठमाडौं, नेपाल – गत सनिबार नेपाल को पहिलो र सबै भन्दा ठुलो Kids Expo को आयोजना भएको थियो, सो एक्स्पो बालबालिका क्षेत्रमा एक भव्य एक्ष्पो हुन सफल भएको छ, जहाँ १५०० भन्दा बढी टिकट बिक्रि हुन साथ साथै २५०० भन्दा बढी सहभागीहरुले भाग लिएका थिए । एक्सपोमा प्रमुख बालबालिका ब्रान्डहरुको सहभागिता थियो। ४० भन्दा बढी प्रदर्शकहरुले आफ्ना ब्रान्डहरु बिशाल भिजिटर सामु प्रदर्शन गरेका थिए भने Kids Playzone र Food Zone ले यस एक्ष्पो लाई अझ आकर्षित बनाएको थियो।
“नेपालको पहिलो ठूलो Kids Expo को सफलतापूर्वक संगठन गर्नलाई र हामीलाई टाइटल स्पोन्सरहरुको रूपमा सहभागी हुन दिनालाई हार्दिक धन्यवाद र बधाई सम्पुर्ण आयोजक टीम दिन चाहन्छु । यस स्तर्रको प्रदर्शकहरु र सहभागिताहरु संख्या हाम्रो अपेक्षा भन्दा धेरै थियो | तेसैले आगामी बर्षको Kids Expo मा पनि हामी अवस्य सहभागि हुनेछौ |” डिकेश माल्होत्रा, IMS Group का अध्यक्ष र संचालक भन्छन।
एक्सपो Christmas Eve मा आयोजित भएको थियो र एक्सपोको थीम क्रिसमस ब्रान्डिङमा गरिएको थियो। जस कारण बालबालिका अझ रमाएका थिए |
“हामी Kids Expo २०२२ को सफलताबाट EKDAMAI खुशी छौ र हामी हाम्रो सबै सहभागीहरु, स्पोन्सरहरु र प्रदर्शकहरुलाई धन्यबाद दिन चाहन्छौँ | ” Kids Expo आयोजकहरु भन्छन।
Kids Expo २०२२ को बडो सफलता पछि, आयोजक टीमले आगामी बर्षमा Kids Expo २०२३ अझ भव्य रुप मा लिएर आउने दावा गरेका छन् |