वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्काशन ( – IPO) सम्बन्धी जानकारी प्रदान गर्न सहायताकक्ष HELPDESK संचालनमा

नेपाल धितोपत्र बोर्डद्वारा जारी “धितोपत्र निष्काशन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका – २०७९” अनुसार संगठित संस्थाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्नु अगावै सार्वजनिक निष्काशन गरिने शेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुट्टयाइने भएको छ ।
यस अन्तर्गत सार्वजनिक निष्काशनमा आवेदन दिनका लागि निम्न उल्लेखित मापदण्डहरु पुरा गरेको हुनु पर्दछ ;
ज्ञ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक मार्पmत आफ्नो नाममा वैदेशिक रोजगारी विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नु पर्ने छ ।
द्द। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट अनुमति प्राप्त निक्षेप सदस्य (डिपि) मार्पmत आफ्नो नाममा हितग्राही (डिम्याट) खाता खोल्नु पर्नेछ ।
घ। नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेश गरी विप्रेषण (रेमिट्यान्स) बचत खाताको लागि बैंक मार्फत सि–आश्वा रजिष्ट्रेशन नम्बर – ऋच्ल् लिनु पर्नेछ ।
द्ध। आफ्नो विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा रु ५०,००० (अक्षरेपीः पचास हजार रुपैयाँ) आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनु पर्ने छ । आवेदकले सार्वजनिक निष्काशन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन् ।
ग्राहक महानुभावहरुको हितलाई मध्यनजर राख्दै “हरेक नेपाली शेयरधनी” अभियान अन्तर्गत वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपालीहरुलाई उपरोक्त विषय बारे जानकारीे प्रदान गरी सहजीकरण गर्नका निमित्त गरिमा क्यापिटल लिमिटेडमा सहायताकक्ष HELPDESK संचालनमा ल्याइएको व्यहोरा जानकारी गराउन चाहन्छौँ ।
गरिमा क्यापिटल लिमिटेडको HELPDESK मा देहाय बमोजिमका विशेष जानकारीको लागि कम्पनीको ल्याण्डलाईन नम्बर वा VIBER÷WHATSAPP÷BOTIM मार्फत सम्पर्क गर्न सक्नु हुनेछ स्
१. बैंकमा रेमिट्यान्स बचत खाता खोल्नको लागि
२. डिम्याट÷हितग्राही र मेरोशेयर खाता खोल्नको लागि
३. बैंकबाट सिआरएन CRN नम्बर लिनको लागि
४. सार्वजनिक निष्काशनमा ( IPO ) आवेदन दिनको लागि
ग्राहक महानुभावहरुले उपरोक्त प्रयोजनको लागि वैदेशिक रोजगारी विप्रेषण ९रेमिट्यान्स० बचत खाता (Foreign Employment IPO Savings Account) र हितग्राही तथा मेरोशेयर खाता (Demat and Meroshare Account) गरिमा विकास बैंक लिमिटेडको वेवसाईट garimabank.com.np मा गई वा online मार्फत यस लिंक https://bit.ly/3hCYVQz मा click गरी खोल्न सक्नु हुनेछ ।
थप विस्तृत जानकारीका लागि सहायताकक्ष ९ज्भ्ीएम्भ्क्प्० मा कम्पनीको ल्याण्डलाईन नम्बर ०१४५२९१४९÷५०, ४५१६६९१ वा तपसिलमा उल्लेखित नम्बरहरुमा सोझै वा HELPDESK मार्फत सम्पर्क गर्न सक्नु हुनेछ ः
१. श्रवण दाहाल ( ९८४७३७९००९
२. शशी कुइँकेल ( ९८४७३७९०१०

